नेपाल शिक्षक संघ कैलाली क्षेत्र नं. २ स्तरीय भेला तथा लम्कीचुहा नगरपालिकाको सातौँ प्रतिनिधि सभा सम्पन्न
नेपाल शिक्षक संघ कैलाली क्षेत्र नं. २ स्तरीय भेला तथा लम्कीचुहा नगरपालिकाको सातौँ प्रतिनिधि सभा सम्पन्न

लम्की / नेपाल शिक्षक संघ कैलाली क्षेत्र नम्बर २ स्तरीय भेला तथा नेपाल शिक्षक संघ लम्कीचुहा नगरपालिकाको सातौँ प्रतिनिधि सभा २०८२ लम्कीमा सम्पन्न भएको छ।
नेपाल शिक्षक संघ लम्कीचुहा नगर सभापति ध्वजबहादुर देउवाको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयबहादुर स्वाँर रहनुभएको थियो भने विशिष्ट अतिथिमा नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य मोहनसिंह राठौर रहनुभएको थियो।
नेपाल शिक्षक संघ लम्कीचुहा नगर उपसभापति दीपक भण्डारीको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा नेपाल शिक्षक संघ मोहन्यालका सभापति अर्जुन ओली, जानकीका सभापति दुर्गा रावल, नेपाल शिक्षक संघका जिल्ला उपाध्यक्ष गजेन्द्र शाही, शिक्षक महासंघ कैलालीका जिल्ला अध्यक्ष गणेश ओझा, नेपाली कांग्रेस मोहन्याल गाउँ कार्यसमितिका सभापति कमल साउँद तथा लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाहीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।कार्यक्रमको सञ्चालन नेपाल शिक्षक संघ लम्कीचुहा नगर सचिव बद्री जैसीले गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कैलाली क्षेत्र नम्बर २ बाट संघीय सांसदका उम्मेदवार विजयबहादुर स्वाँरले यस क्षेत्रको समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो। उहाँले लोकतन्त्रको रक्षा तथा सुदृढीकरणका लागि सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै समर्थनका लागि आग्रह गर्नुभयो।
त्यसैगरी नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य मोहनसिंह राठौरले कैलाली क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको जित सुनिश्चित हुने दाबी गर्नुभयो। उहाँले यस क्षेत्रमा नेपाली कांग्रेस एकताबद्ध भएर अगाडि बढिरहेको बताउनुभयो।
कार्यक्रममा लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख तथा नेपाली कांग्रेसकी नेतृ सुशीला शाहीले सुख–दुःखमा साथ दिने पार्टी नेपाली कांग्रेस मात्र भएको बताउनुभयो। उहाँले आगामी निर्वाचनमा सहयोग गर्न सबैलाई आग्रह गर्दै नेपाली कांग्रेसको नेतृत्वमा स्थानीय सरकार सञ्चालन हुँदा शैक्षिक क्षेत्रमा देखिएको सकारात्मक परिवर्तनको स्मरण गराउनुभयो। साथै यस क्षेत्रको समग्र विकासका लागि नेपाली कांग्रेसको जित अपरिहार्य रहेको उहाँको भनाइ थियो।

समाचार
राजनीति
सुदूरपश्चिम प्रदेश
खेलकुद
मनोरन्जन
विचार/ब्लग
शिक्षा
पत्रिका
अन्य