/ चिया बेचेरै बिबिएस को अध्ययन र मासिक ३० हजार आम्दानी गर्दै छिन् लम्की चुहा नगरपालिकाकी १९ बर्षकी कविता पाण्डे।
लम्की बहुमुखी क्याम्पस बिबिएस मा अध्यनरत मेहनत गर्न लाज नहुने लागेर चिया बेच्न लागेको बताइन्।
केटि मान्छेले चिया बेच्दै हिडेको देख्दा दिनभरी थुप्रै प्रस्न को ओइरो लाग्ने गरेको कविताको अनुभव छ।किन बेचेको कति बिक्छ आम्दानी कति हुन्छ भनेर थुप्रो प्रस्न को ओइरो लाग्ने गरेको उनले बताइन् ।
थोरै लगानी र लगनशील भएर काम गर्यो भने आम्दानी गरेर जिबिकोपार्जन गर्न सकिन्छ भन्ने उदाहरण कविताको रहेको लम्की चुहा नगरपालिका वडा नं २ का अध्यक्ष सन्तोष ओलीले बताउनुभयो।अध्यक्ष ओलीले आय आर्जन मुलक कार्यक्रमको वडाको तालिममा कवितालाई सहभागी गर्ने बताएका छन् ।
चिया पिउदा उत्कृष्ट स्वाद भएको स्थानीय पत्रकार लोक बहादुर देउवाले बताउनुभयो।
कबिताले आम्दानी गरेको पैसा क्याम्पसको किताब,फिस मा खर्च गर्छिन् भने बाकी पैसा सहकारीमा बचत गर्ने गरेको बताइन्।
बिबिएस को अध्ययन पछि जागिर खाने सोचाइ रहेको छ भने आफ्नो सानो भएपनी घर बनाउने उनको इच्छा रहेको छ।


समाचार
राजनीति
सुदूरपश्चिम प्रदेश
खेलकुद
मनोरन्जन
विचार/ब्लग
शिक्षा
पत्रिका
अन्य