गणेश क्षेत्री / भजनी नगरपालिकामा विद्यार्थी बालबालिकालाई संघिय अनुदानमा खुवाइ रहेको दिवा खाजा धरापमा परेको छ।
झन्डै ७ महिनाको लामो अन्तरालपछि पनि भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले रकम निकाशा गर्न आनाकानी गरेपछि दिवा खाजा बन्द हुने अवस्थामा रहेको छ।
प्रत्येक बालबालिकालाई २० रुपैयाँको दरले रकम निकासाका लागि सम्पूर्ण कागजपत्र विद्यार्थी हाजिरी,विद्ययालय ब्यवस्थापन समितीको निर्णय,रकम माग फाराम ,Emis मा विद्यार्थी हाजिरी प्रमाणिकरण र शिक्षा शाखाको सत्यापन समेत लगेर रकम निकासाको लागि तोक लगाउन प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले नमानेपछि रकम निकासा रोकिएको हो।
भट्टले आलेप गरेपछि मात्रै रकम निकाशा गर्ने बताए।कागजी प्रक्रिया पुरा भएपनी आलेप गरेपछि मात्रै रकम दिने भट्टको भनाइ थियो।
शिव आधारभुत विद्ययालयका प्र अ खेम बोहराले दिवा खाजा बन्द नै भएको अवस्था रहेको बताउनुभयो।उधारो खुवाएको ७ महिना भयो अब साहुले पत्याउनै छाडेकोले बन्द भएको गुनासो गर्नुभयो।
गणेशमान आधारभुत विद्ययालयका प्र अ जादोलाल रायले रकम निकासा नहुँदा खाजा खुवाउन निकै समस्या रहेको बताउनुभयो।
केदारेस्वर आधारभुत विद्यालयका प्र अ पदम बहादुर शाहीले आलेपको नाममा शिक्षकलाई दु:खदिने कार्य भएको बताउनुभयो।आलेप आर्थिक वर्षको अन्तिममा हुने हरेक पालिकाको अभ्यास रहेको बताउनुभयो।
टीकापुर का लेखापरीक्षक सिताराम रिमालले आलेप सामान्यतया आर्थिक वर्षको अन्तिममा गरिने अभ्यास रहेको र रकम निकासाको लागि आलेपपछि मात्रै दिने नजिर नरहेको बताउनुभयो।
प्रमुख प्रशासकीय भट्टले शिक्षकहरुलाई तलब खुवाउन समेत आलेप गर्नुपर्ने भनेपछि शिक्षकहरु आक्रोशित भएपछी आलेप नगरेरै तलब निकासा भएको थियो।

समाचार
राजनीति
सुदूरपश्चिम प्रदेश
खेलकुद
मनोरन्जन
विचार/ब्लग
शिक्षा
पत्रिका
अन्य